असान्जको सुपुर्दगी मुद्दाबारे आगामी फेब्रवरीमा सुनुवाई हुने

३२ जेष्ठ २०७६, शनिबार ०२:५० मा प्रकाशित

लण्डन, बेलायत, ३१ जेठ (एएफपी)। विकिलिक्सका संस्थापक जुलियन असान्जलाई वासिङ्टनसमक्ष सुपुर्दगी गर्न मिल्ने वा नमिल्ने भन्ने बिषयमा आगामी फेब्रुअरीमा पूर्ण सुनुवाई हुने बेलायती एक न्यायाधीशले शुक्रबार बताउनुभएको छ ।

अमेरिकाविरूद्ध जासुसी गरेको अभियोगमा बेलायती जेलमा रहँदै आएका असान्जले बेलायती अदालतले तोकेको जमानत शर्त उल्लङ्घन गरेको आरोपमा उहाविरूद्ध ५० हप्ताको जेल सजाय तोकिएको छ ।

अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न दवाव दिँदै आएको छ भने बेलायतले यसबारे तत्काल कुनै जवाफ दिएको छैन ।

वासिङ्टनले ४७ बर्षीय असान्जले सन् २०१० मा अमेरिकी सैनिक तथा कूटनीतिक क्षेत्रका वर्गीकृत फाइलहरू सार्वजनिक गरेर अमेरिकाविरुद्ध जासुसी गरेको दावी गर्दै आएको छ ।

अमेरिकाको अफगानिस्तान र इराकमा भएका वम आक्रमणबारे विकिलिक्सले प्राप्त गरेका सूचनालाई सार्वजनिक गरेको आरोप वासिङ्टनले असान्जमाथि लगाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ ।

बुटवल । रुपन्देहीबाट लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका–२२ का २७ वर्षीय सागर

महेन्द्रनगर । पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दसैँ-तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश

बुटवल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि