भदौँ १२ देखि जापानको ओसाका उडान

३२ जेष्ठ २०७६, शनिबार ०२:४३ मा प्रकाशित

काठमाडौँ ३१ जेठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ । आगामी भदौँ १२ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवद्र्धनका काम अघि बढाएको हो ।

पर्यटकीय यामसँगै महत्वपूर्ण चाडपर्वको समय पारेर निगमले भदौ १२ देखि ओसाका उडानको तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अगष्टको उडानका लागि टिकट बुकिङ खुलाइएको र अहिलेप्रति उडान ८० भन्दा बढी टिकट बुकिङ भइसकेका छन् । अगष्ट महीनामा उडान गर्दा यात्रु प्रर्याप्त हुने भएकाले निगमलाई राम्रै फाइदा पुग्ने विश्वास लिइएको छ ।

निगमले यसअघि आगामी असार १९ गतेदेखि ओसाका सिधा उडान गर्ने योजना बनाएको भए पनि यात्रुको सङ्ख्या कमी रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको हो । सम्बन्धित ट्राभल एजेन्सीसँग पनि छलफल गरी उनीहरूको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ ।

निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तव्यमा उडान भर्ने योजनाका साथ जापानसहित अन्य गन्तव्यमा पनि प्रक्रियाअघि बढाएको छ । चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तव्यमा उडान भर्नेबारे गरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तरर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय