नुवाकोट गोल्डकपको उपाधि घरेलु टोलीलाई

३२ जेष्ठ २०७६, शनिबार ०२:३१ मा प्रकाशित

जमुना गजुरेल विदुर, ३१ जेठ । नुवाकोटमा सम्पन्न दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट–११ ले जितेको छ । आज भएको फाइनल खेलमा नुवाकोट–११ ले सङ्कटा क्लब काठमाडौँलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरी उपाधि हात पारेको हो ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टोलीले एक÷एक गोलको बराबरी खलेको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछि दुवै टोलीका तर्फबाट एक÷एक गोल भएको थियो । सङ्कटाका लागि पुजन उपरकोटी तथा नुवाकोट–११ का लागि भिक्टरले गोल गरेका ।

टाईब्रेकरमा नुवाकोट–११ का लागि रुपेश केसी, भिक्टर, रमेश घिसिङ, अभिशेक बर्मा र राजिव लोप्चनले गोल गरेका थिए । सङ्कटाका लागि अमित तामाङ, दिपेश आलेमगर र एमेष्टले गोल गरेका थिए । प्रतियोगिताको उपाधि विजेता नुवाकोट–११ ले रु छ लाख तथा उप–विजेता सङ्कटाले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक नुवाकोट–११ का देव चित्रकार, उत्कृष्ट खेलाडी नुवाकोट–११ कै रुपेश केसी तथा म्यान अफ दी फाइनल नुवाकोट–११ कै गोलकिपर अर्पण कार्की घोषित भए । प्रशिक्षक चित्रकारले रु २० हजार, उत्कृष्ट खेलाडी केसीले रु ५० हजार तथा म्यान अफ दी फाइनल कार्कीले रु १० हजार पुरस्कार प्राप्त गरेको नुवाकोट जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । गत वर्ष प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

काठमाडौं । नेपाललाई पराजित गर्दै भारत १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ । शनिबार

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको १३औं संस्करणको शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ । उपाधि प्रतिस्पर्धाका लागि शनिबार राति