रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक रिपोर्ट तयार

३१ जेष्ठ २०७६, शुक्रबार १४:५१ मा प्रकाशित

काठमाडौँ, ३१ जेठ । भारतले रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण रिपोर्ट पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले तयार पारेको प्रारम्भिक रिपोर्ट आइपुगेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले भने रिपोर्ट विभागमा आईसकेपछि अध्ययन गरिने बताए । स्थलगत अध्ययन गरेर फर्किएको भारतीय टोलीले रक्सौललाई काठमाडौंसँग जोड्न विकल्पसहितको रिपोर्ट बुझाएको हो ।

भारतले १९० किलोमिटर र १४० किलोटिरको प्रस्ताव गरेको छ । नेपालले भने रेलमार्गको लम्बाई पनि छोटो हुनुपर्ने बताएको छ । नेपाल र भारतबीच १५ भदौमा उक्त रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्यनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१