
निरोज कुमार थापा, काठमाडौँ, ३१ जेठ । संसदको विकास तथा प्रविधिले निलम्बित सांसद हरिनारायण रौनियार मालिक रहेको पप्पु कन्स्ट्रक्सनलाई कारवाही सिफारिस गरेको छ । काठमाडौँको तीनकुने र मीनभवन जोड्न वाग्मती नदीमाथि निर्माण भइरहेको पक्की पुल गुणस्तरहीन भएको भन्दै समितिले दिएको पालना नगर्ने पप्पु कन्टलाई समितिले कारबाही सिफारिस गरेको हो ।
समितिले तीनकुने पुलमा देखिएको प्राबिधिक समस्या समाधान गरी निर्माण सुरु गर्ने वाताबरण बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
२१ करोड ३३ हजारमा तीनकुनेका २ वटा पुल निर्माणको ठेक्का पाएको पप्पुले कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै सडक विभागले काम रोक्न भनेको थियो । तर विभागको पत्रलाई वेवास्ता गरी पप्पुले निर्माण कार्य नरोकेपछि उसको भुक्तानी रोकिएको छ ।
पुल निर्माणमा लापरवाही भएको भन्दै सांसदहरुले प्रश्न उठाएपपछि समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले गत जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार