सञ्चारकर्मीको गीति एलबम ‘नशामा’ विमोचित

२० श्रावण २०६९, शनिबार १९:३९ मा प्रकाशित

काठमाडौं, साउन २० । संचारकर्मी तनुजा शर्माले गितकारको रुपमा आफ्नो पहिलो गिति एल्बम ‘नशामा’ बजारमा ल्याएकी छिन् । उनको पहिलो एलवमको शनिवार राजधानीमा आयोजित कार्यक्रममा विमोचन गरियो ।
सातवटा कर्णप्रीय गीत समेटिएको शर्माको पहिलो गीति एल्बम ‘नशामा’को संगीतकार राजु सिंह, संचारकर्मी बबिता बस्नेत र गितकार शर्मा स्वयमले संयुक्त रुपमा विमोचित गरेका हुन् । तनुजा शर्माको गीतमा गायक–गायिकाहरु शिव परियार, प्रमोद खरेल, दिपक लिम्बु जुना प्रसाई र दुर्गा खरेलले स्वर दिएका छन् । विमोचन कार्यक्रममा गीतकार तथा संचारकर्मी तनुजा शर्माले धेरै मेहनत गरेर आफू एलबम ल्याउन सफल भएको सुनाउँदै एलबममा माया प्रेममा नशा कहाँबाट आउँछ, नशा कस्तो हुन्छ भन्ने भावलाई शब्दमा समेटिएको बताइन् ।
संगीतकार राजु सिंहले मानव जीवनको हरेक उताढ–चढाव नशामा समेटिने गरेको यथार्थलाई मायाप्रेमको नशामा डुबेर लेखिएको तनुजाको एल्बम ‘नशामा’ समयसापेक्ष भएको बताए भने संचारकर्मी बबिता बस्नेतले शर्मालाई आफूले चिनेका धेरै ब्यक्तित्वमध्येकी एक सिर्जनशील महिला भएको भन्दै उनको गीति यात्राको सफलताको शुभकामना दिइन् ।
कार्यक्रममा गीतकार तनुजा शर्मा र संगीतकार राजु सिंहले संचारकर्मी बबिता बस्नेत, समाजसेवी दिलशोभा श्रेष्ठलाई दोसल्ला ओढाएर र मायाको चिनोस्वरुप राष्ट्रिय झण्डा दिएर सम्मान गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले