११ दिनदेखि वेपत्ता भारतीय विमान दुर्घटनाभएको पुष्टि, सवार सबैको मृत्यु

३१ जेष्ठ २०७६, शुक्रबार ०९:५७ मा प्रकाशित

काठमाडौँ, ३१ जेठ । ११ दिनदेखि हराईरहेको भारतीय वायु सेवाको सम्पर्कबिहिन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जेठ २० देखि हराएको विमान आज बिहिबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनामा विमानमा सवार सबै १३ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यस अघि गत मंगलबार विमानको केहि भग्नावशेष फेला परेको थियो । भारतको अरुनांचल प्रदेशको लिपो भन्ने स्थानबाट १६ किलोमिटर उत्तरमा भग्नावशेष फेला परेको थियो ।

भारतीय वायु सेवा निगमको जहाज गत हप्ताको सोमबार दिउँसो १ बजेदेखि सम्पर्क बिहिन भएको थियो । भारतको उत्तर पूर्वी राज्य असामबाट उडेको उक्त विमान भारतीय समय अनुसार १ बजेदेखि सम्पर्कबिहिन भएको हो । उडेको आधा घण्टा मै विमान हराएको थियो । विमान हराएपछि सेनाले खोजिकार्यलाई तिब्रता दिएको थियो । अत्याधुनिक हेलिकप्टर र जहाजलाई खिजो कार्यमा लगाईएको थियो । विमानमा ८ जना चालक दलका सदस्य ५ जना सैनिक थिए । ति सबैको मृत्यु भएको हो ।

जुलाई २०१६ मा पनि भारतीय सेना कै एक विमान बेपत्ता भएको थियो । २९ जना सवार उक्त विमान हालसम्म पनि फेला परेको छैन । सो विमान समुद्रमा खसेको र सबैको मृत्यु भएको आशंका गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१