नेतृत्वका लागि पहिलो चरणको मतदानमा बोरिस जोनसनको बहुमत

३१ जेष्ठ २०७६, शुक्रबार ०३:०२ मा प्रकाशित

लण्डन, ३० जेठ (एएफपी)। बेलायतको सत्ताधारी दलको संसदमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा बोरिस जोनसनलाई बहुमत प्राप्त भएको छ ।

प्रधानमन्त्री टरिजा मेले ब्रेक्जिट सम्झौताका लागि यूरोपेली यूनियन (इयू) सँग गरेको सम्झौतालाई बेलायतको संसदमा अनुमोदन नभएपछि प्रधानमन्त्रीबाट विदा लिने इच्छा अनुसार नयाँ नेतृत्वको लागि बिहीबार भएको मतदानमा जोनसनलाई अन्य नेतालाईभन्दा बढी मत परेको हो ।

संसदमा नेतृत्वका लागि १० जनाले दावी गरेपनि तीन जना पहिलो चरणको मतदानबाट बाहिरिएका छन् भने अब बाँकी सात जनाबीच प्रतिस्पर्धा हुनेछ ।

कन्जर्भेटिभ पार्टीको हाउस अफ कमन्समा प्रतिनिधित्व गर्ने ३१४ सांसदमध्ये ११४ जनाले ब्रेक्जिटको पक्षधर पूर्व विदेशमन्त्री जोनसनलाई मतदान गरेसँगै आगामी नेतृत्वमा जोनसनको सम्भावना बढेको छ ।

पार्टीको संसदीय दलको नेतृत्वका लागि निर्वाचित नेता नै वर्तमान प्रधानमन्त्री मेको उत्तरदायीका रूपमा चुनिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी हुने चेतावनी दिएको छ । तत्काल उपर्युक्त कदम नचाले लाखौं अफगानीले भोकमरीको सामना गर्नु परेको

काठमाडौँ । साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको

सुडानका प्रधानमन्त्री अब्लुल्लाह ह्यामडोकलाई त्यहाँको सेनाले नजरबन्दमा राखेको छ । सोमबार सेनाको एउटा समूहले उनको निवासमा घेरा हालेको सुडानी सञ्चार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप