‘सद्भाव र सिर्जना’ का लागि शान्ति कवि गोष्ठी

३१ जेष्ठ २०७६, शुक्रबार ०२:५१ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । नेपाली कला साहित्य डटकम प्रतिष्ठानले २५६३ औँ बुद्ध जयन्तीका अवसरमा आज शान्ति कविता गोष्ठीको आयोजना गरेको छ ।

कार्यक्रममा दिनेश अधिकारी, मञ्जुल, टीकाराम उदासी, असीम सागर, महेश पौड्याल, विमला तुम्खेवा, हेम प्रभास, निर्भीकजङ रायमाझी, शीतल कादम्बिनी, सुदेश सत्याल, नवीन प्यासी, सविता बेहोसी, महेश कार्की ‘क्षितिज’, अरुणा वैद्य, समर्पण श्री, अनिता लामा र रोशन पुनले कविता वाचन गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘सद्भाव र सिर्जना’को मन्त्रसहित राष्ट्रको साझा सवाल र गौरव नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा समर्पित हुनु सकारात्मक भएको बताउनुभयो ।

सो अवसरमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रायोजनमा एनएलजी कलाश्री सिर्जना पुरस्कार समर्पण र कलाश्री साहित्य वार्षिक छपाइ पत्रिकाको नेपाली र अङ्ग्रेजी संस्करणको लोकार्पण गरियो । प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले कलामार्फत सामाजिक दायित्व निर्वाह गर्दै नयाँ नेपालको परिकल्पनाका लागि एनएलजीसँग सहकार्य गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति