‘पत्रकारलाई न्युनतम तलब दिलाउन खोज्दा दण्डित हुनुपरे बिधेयक फिर्ता लिइदिन्छु’

३० जेष्ठ २०७६, बिहीबार १९:०८ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कुनै पनि कानुनले मिडिया कानुनलाई प्रभावित पार्न नहुने बताएका छन । बिहिबार मन्त्रालयमा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न योजना गरिएको कार्यक्रममा मन्त्री बास्कोटाले व्यक्तिगत हिसाबले आफू मिडिया काउन्सिल निर्माणको पक्षमा नभइ स्वनियमनको पक्षमा रहेको बताए ।

उनले भने, ‘पत्रकारले न्युनतम पारिश्रमिक पाउनुपर्छ भनेबापत दण्डित हुनुपर्छ भने बिधेयक नै फिर्ता लिईदिन्छु ।’ सरकारका प्रवक्त समेत रहेका मन्त्री बास्कोटाले पत्रकारले कुनै पनि हालतमा न्युनतम पारिश्रमिक पाउनुपर्ने बताएका छन । ‘पत्रकारहरूले न्युनतम पारिश्रमिक पाउनुपर्छ, एक, दुई, तीन पाउनुपर्छ’ उनले भने ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकार प्रतिवद्धता रहँदारहँदै प्रश्न उठिरहनु पूर्वाग्रह भएको आरोप पनि लगाए । वर्तमान सरकार र कम्युनिष्ट पार्टी लोकतन्त्रको उपभोक्ता नभई संस्थापक रहेको दाबि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौँ ।संसद्को नवौं अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संंसद अवरुद्ध गर्दै आएका छ ।सत्तापक्ष र प्रतिपक्षबीचको

धनगढी।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि

मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने