बाढी पीडितको उद्दारमा सशस्त्र प्रहरी सक्रिय

२० श्रावण २०६९, शनिबार १९:२९ मा प्रकाशित

काठमाडौं, २० साउन । अविरल वर्षाको कारण साउन १९ गते राप्ती नदीमा आएको बाढी पसी दाङ जिल्लाको सिसहनिया, लालमटिया, सोनापुर र भगनपुर गाविसको विभिन्न स्थान डुवानमा परेको छ । डुवानमा परेको सो ठाउँका पीडितहरुलाई सशस्त्र प्रहरीले उद्दार गरिरहेको एपिएफले जनाएको छ । नदीमा पानीको बाहव बढ्न गई सो क्षेत्र डुवानमा परेको जानकारी पाएलगत्तै उद्धार कार्यका लागि एपिएफको ज्वालामाई गण भालुवाङ र सीमा सुरक्षा कार्यालय दाङबाट उद्दार सामाग्रीसहित उद्दार समूह परिचालित गरिएको थियो ।
उद्दार कार्यमा खटिएको एपीएफ टोलीले स्थानीय सोनापुर गाविस–३ स्थित ठोडईमा डुवानमा परेका घरबाट दुई बृद्धहरुलाई सकुशल उद्दार गरेको छ । उक्त स्थानका बाढीपीडित तथा विपत्तीमा परेका व्यक्तिहरुको उद्दार गर्ने सिलसिला सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय दाङका सशस्त्र प्रहरी सहायक हवल्दार रामबहादुर रानाको मृत्यु भएको छ । सोनापुर क्षेत्रामा डुवानमा परेका घरपरिवारको उद्दार कार्यमा सो कार्यालयबाट खटिएका सशस्त्र प्रहरी कर्मचारीहरु मध्ये निज राना बाढीपीडित नागरिकको उद्दार गर्ने क्रममा पानीमा डुबेर अशक्त भएपछि तत्काल उपचारको लागि स्थानीय स्वास्थ्य केन्द्र लमहीमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । सो जिल्लाको बाढी प्रभावित ससहनिया गाविस ७ लक्षहवाबाट अन्य तीन जनालाई एपीएफ टोलीले उद्दार गरेको छ । त्यसठाउँमा डुवानमा परेका मानिसहरुको उद्धार कार्यमा एपीएफ टोली सक्रिय रुपमा खटिएको छ ।
यसैगरी अविरल वर्षापछि कपिलवस्तु जिल्लाको बुढ्ढी गाविस–३ स्थित घोराही खोलामा साउन १९ गते आएको बाढीको कारण अलपत्र परेका स्थानीय गंगाबहादुर कुँवरलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस चौरीबाट खटिएको टोलीले सकुशल उद्दार गरेको छ । नजिकैको जंगलमा पात टिपेर घर फर्किदै गरेका निज कुंवर उक्त खोलामा आएको बाढी तर्न नसकी अलपत्र परेको थाहा पाउनासाथ सो बेसक्याम्पबाट खटिएको एपीएफ टोलीले उनलाई उद्दार गरेको हो ।
यसैगरी रौतहट जिल्लाको देवाही–५ स्थित बकैया नदी तर्ने क्रममा साउन १९ गते नदीको बीचमा अलपत्र परेका आठ जना स्थानीय बासिन्दालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय रौतहटको एपीएफ टोली र स्थानीय नेपाली सेनाको गुल्मबाट खटिएको टोलीले उद्दार गरेको छ । सोही जिल्लाको लमहा जंगलमा घांस काट्न गएको अवस्थामा साउन १९ गते जंगली हात्तिको अक्रमणमा परी घाइते भएका स्थानीय बलबहादुर योञ्जनलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस जंगलसैयाबाट खटिएको एपीएफ टोलीले उद्धार गरी एपीएफकै एम्बुलेन्समा राखी उपचारको लागि चन्द्रनिगाहपुर स्थित अस्पताल पु¥याएको छ । हात्तिको अक्रमणबाट घाइते योञ्जनको करङ र खुट्टा भाँचिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले