ट्याक्सी भाडा समायोजन, चढ्नासाथ ५० तिर्नुपर्ने

३० जेष्ठ २०७६, बिहीबार १८:४७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० जेठ । सरकारले ट्याक्सी भाडा बढाएको छ । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा समायोजन गरेको हो । ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागू हुने भएको छ । यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो ।

अब ट्याक्सीमा यात्र गर्ने यात्रुले पहिलो एक किलो मिटरसम्म यात्रा गर्दा ५० रुपैयाँ तिर्नुपर्नेछ । ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ । यो ५० रुपैयाँले एक किलो मिटरसम्म यात्रा गर्न पाईनेछ ।

यसपछि भने प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ । यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुँदै जान्थ्यो । अब प्रति दुई सय मिटरमा एक रुपैयाँ ८० पैसा बढी तिर्नुपर्ने भएको छ ।

अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ४४ रुपैयाँ तिर्नु पर्ने भएको छ । यस अघि ट्याक्सीको प्रतिकिलोमिटर भाडा ३९ रुपैयाँ थियो ।

सरकारले पुरानो भाडामा हिड्न भनेको भन्दै ट्याक्सी व्यवसायी आन्दोलनमा थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले