शिक्षामन्त्रीलाई गगन थापाको चुनौती, ‘बजेटले चौथाई विद्यार्थीलाई पुर्याएर देखाउनोस्’

३० जेष्ठ २०७६, बिहीबार १७:१५ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले सरकारले आधारभूत शिक्षाका लागि छुट्याएको बजेटमा असन्तुष्टि जनाएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई आएको बजेटले एक चौथाई विद्यार्थीलाई पुर्याएर देखाउन चुनौती समेत दिएका छन् ।

कांग्रेसले बनाएको छाया सरकारका शिक्षा मन्त्री समेत रहेका थापाले संसदमा मन्त्रालयको बजेट कटौती प्रस्ताव पेश गर्दै सांसद भने, ‘देशभर ३६ हजार बढी प्रारम्भिक बालविकास केन्द्र छन् । योग्य शिक्षकबाट पढाउनु पर्ने ठाउँमा ८ कक्षा पास गरेकाले ६ हजार रुपैयाँभन्दा कम तलबमा पढाउँछन् ।’

सार्वजनिक मञ्चबाट निजी विद्यालयलाई गाली गर्ने बानी परेको भन्दै उनले भने, ‘हामी आफैंले सञ्चालन गरेको विद्यालयमा न प्र.अ., न सांसद न शिक्षक कोही पनि बच्चाबच्ची पढाउन तयार छैन ।’ यस विषयमा शिक्षामन्त्रीले अध्ययन गरेको (राष्ट्रिय शिक्षा नीति) तर प्रतिवेदन प्रधानमन्त्रीले लगेपछि फिर्ता माग्ने आँट नगरेको उनको टिप्पणी छ ।

मन्त्रालयको बजेटमा प्रश्न उठाउँदै थापाले चुनौतीका साथ भने, ‘आधारभूत शिक्षामा जति बजेट छुट्याएको छ । अर्को वर्ष भेटौं, यो पैसाले एक चौथाई विद्यार्थीलाई मात्र पुर्‍याउनु भएछ भने शिक्षामन्त्रीले भनेको जे पनि मान्न तयार छौं ।’

४०० विद्यालयलाई दिने भनेको एक मुष्ट अनुदान दुई वर्षदेखि खर्च हुन नसकेको भन्दै उनले यो वर्ष के गर्नुहुन्छ भन्ने प्रश्न गरे । उनले भने, ‘५ अर्ब छुट्याउनु भएको छ । खेलकुद शिक्षकसमेत राख्छु भन्नु भएको छ । एउटा विद्यालयको भागमा जम्मा एक लाख लाख ३२ हजार पर्छ । दलित अपाङ्गता भएका विद्यार्थीको भागमा जम्मा ८५ रुपैयाँ पर्छ । एक दिनको खाजा भत्ता कति चाहिन्छ मन्त्रीज्यू ? हाम्रो बच्चाको भागमा तपाईले छुट्याएको बजेटबाट ११ रुपैयाँ पाइन्छ ।’

६३ हजार शिक्षक अभाव भएको बेला अवधारणा नै नभएको स्वयंम सेवक शिक्षक भनेर ५ अर्ब छुट्याइको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट