गौतमबुद्ध विमानस्थल सौर्य उर्जाले चल्ने

३० जेष्ठ २०७६, बिहीबार १६:४४ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गरिने भएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंकको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको प्रमुख अधिकारीले बताए । एशियाली विकास बैंकका अधिकृत नरेश प्रधानका अनुसार सौर्य ऊर्जा जडानका लागि एडिबीले रु एक अर्ब अनुदान रकम दिने गरी छलफल चलाएको हो । प्रधानले भने , “१० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब एक अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोहीअनुसार विद्युत्, एडिबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।”

छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ । चीनको नर्थवेस्ट सिभिल एयरपोर्टमा कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम गरिरहेको विमानस्थल आगमी पुस मसान्तभित्र फुल फेजमा सञ्चालनमा आउने बताइएको छ । विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलव ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलब ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएता पनि अहिले एडिबीले ६२ दशमलब ६ प्रतिशत र क्यानको ३७ दशमलब ४ प्रतिशत लागत बेहोरिरहेका छन् । नेपाल सरकारले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि तीन अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले