युवा संघको मशाल जुलुशमा प्रहरी हस्तक्षेप, एक दर्जन घाइते

२० श्रावण २०६९, शनिबार १९:४४ मा प्रकाशित

काठमाडौं, २० साउन । एमाले निकट युवा संघ नेपालले शनिवार गरेको मशाल जुलुशमा प्रहरी हस्तक्षेप हु“दा संघका एक दर्जन कार्यकर्ता घाइते भएका छन् । सरकार विरुद्ध आन्दोलनमा रहेको संघले शनिवार राजधानीमा मशाल जुलुश प्रदर्शन गरेको थियो भने आइतवार चार घन्टे उपत्यकाबन्दको कार्यक्रम राखेको छ ।

राजधानीको कमलादीवाट निस्केको मशाल जुलुश घन्टाघर हु“दै रत्नपार्क पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपमा संघका महासचिव निरज आचार्य, कोषाध्यक्ष निरु पाल र अन्य नेताहरु रुमेश कटवाल, निरेशराज श्रेष्ठ, नितेष पौडेल, प्रभात लगायत घाइते भएका हुन् । मशाल जुलुशपछि आयोजित कोणसभामा संघका अध्यक्ष महेश बस्नेतले संविधान बन्न नदिएर संविधानसभाको विघटन गर्ने, महंगी, भ्रष्टाचार र राष्ट्रहित विपरित काम गर्ने सरकारलाई साउन कट्न नदिने उद्घोष गरेका थिए ।
यस्तै प्रतिपक्षी राजनीतिक गठबन्धनका ९ युवा संगठनले शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कार्यक्रम अनुसार आइतवार उनीहरुले राष्ट्रपति डा रामवरण यादवलाई भेटी राजनीतिक निकासको पहल लिन स्मृतिपत्र दिने भएका छन् भने आइतवार र सोमवार विहान ६ बजेदेखि १० बजेसम्म चार घन्टे चक्काजाम गर्ने भएका छन् । यस्तै २३ र २४ साउनमा उनीहरुले चार घन्टे नेपालबन्द गर्ने कार्यक्रम अघि सारेका छन् । यसअघि युवासंघले अघि सारेको २४ साउनसम्मको विरोध कार्यक्रमलाई नैतिक समर्थन गर्ने निर्णय उनीहरुले गरेका छन् । २२ साउनमा उपत्यकाबाहिर सा“झ ६ बजे मशाल जुलुशको कार्यक्रम र २६ साउनमा सिंहदरवार घेराऊ गर्ने कार्यक्रम उनीहरुले राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्