चार वटा वियरको साढे २ लाख अशुल्न खोज्ने पक्राउ

३० जेष्ठ २०७६, बिहीबार १६:२२ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । काठमाडौँको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जना सञ्चालक पक्राउ परेका छन् । डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले २७ गते राति डान्सबारमा पुगेका तीन जना बंगलादेशी नागरिकलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

करीब एक घण्टा डान्सबारमा बस्दा उनीहरुले जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो । यति धेरै बिल कसरी आयो भनेर सोध्दा सञ्चालकले मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गरी पठाइएको भन्दै बंगलादेशी नागरिकले प्रहरीमा उजुरी दिएका थिए ।

उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु हारेर भन्दा पनि नेपाली समाजको रुपान्तरण र जनताको हितका लागि

काठमाडौँ । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिँदैछ । यसै वर्षको फागुन २० मा उनीहरुको पदावधि सकिन लागेको हो ।

पाँचथर । साेमबार बिहान पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला

काठमाडौँ।नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ । न्यायलय जोगाउन प्रधानन्यायाधीश जबराको राजीनामा अपरिहार्य भएको उसले ठहर