एमाओवादी तोक्यो महाधिवेशनको मिति

२० श्रावण २०६९, शनिबार १९:३७ मा प्रकाशित

काठमाडौं, २० साउन । एकीकृत माओवादीको महाधिवेशनको मितिो तोकेको छ । उसले आगामी माघ १४ गते गर्ने पार्टीको राष्ट्रिय महाधिबेशन गर्ने आज राजधानीमा बसेको महाधिवेशन आयोजक समितिको निर्णय गरेको हो ।
माओवालीको बैठक विगत २४ वर्ष देखि हुन सकेको छैन । महाधिवेशनअघि गाउँ र जिल्ला र राज्यसमितिको अधिवेशन हुनेछन् । बैठकले असोज १६ गतेदेखि कात्तिक १ गतेसम्म गाउँसम्मेलन, कात्तिक १ देखि मंसिर १५ सम्म जिल्ला सम्मेलन र मंसिर १६ गतेदेखि पौस मसान्तसम्म राज्य समितिको अधिवेशन गर्ने निर्णय गरेको छ ।
माओवादी महाधिवेशन आयोजक समितिले नेताहरुको जिम्मेवारी पनि हेरफेर गरेको छ । अध्यक्ष पुष्पकमल दाहाललाई केन्द्रको जिम्मा दिएको छ भने उपाध्यक्ष बाबुराम भट्टराईलाई सरकारको जिम्मा दिइएको छ ।
बैठकले गरेको कार्यविभाजन अनुसार । पोस्टबहादुर बोगटी सरकार र केन्द्रीय कार्यालय, अग्निप्रसाद सापकोटा प्रवक्ता, दीनानाथ शर्मा बुद्धिजिवि संगठन
कृष्णबहादुर महरा विशेष संगठन विभाग, वर्षमान पुन शिक्षक संगठन, टोपबहादुर रायमाझी खेलकुद, जनार्दन शर्मा जनवर्गीय संगठन, गिरिराजमणि पोखरेल पूर्वाञ्चल ब्यूरो, लीलामणि पोखरेल पश्चिमाञ्चल ब्यूरो, शक्ति बस्नेत सुदूरपश्चिम ब्यूरो, हिसिला यमी महिला र नेवाः राज्य समिति, हरिबोल गजुरेल मधेस, चन्द्रप्रकास खनाल अवध, लोकेन्द्र विष्टमगर मगरात, हेमन्तप्रकाश ओली लिम्बूवान, लिला थापा किराँत,
गोपाल किराती कोचिला, हितराज पाण्डे अर्थ, राम कार्की विदेश विभाग, लेखराज भट्ट सेती(महाकाली, भीमप्रसाद गौतम मिथिला, स्वनाम साथी स्कुलिङ विभाग, विश्वभक्त दुवाल तामसालिङ, नवराज सुवेदी थारुवान डिलाराम आचार्य तमुवान, गिरिधारी लाल भेरीकर्णाली, दिलिप महर्जन, नेवा मोर्चा, विष्णुहरि प्रभात प्रवास रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

धनगढी । नागरिक उन्मुक्ति पार्टीले कैलालीका दुई पालिकामा जित हासिल गरेको छ । ०७२ मा टीकापुरमा भएको घटनाको आरोपमा जेलजीवन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

आजको प्रमुख समाचार