जागरण अभियानमा साढे ३१ हजार नागरिक काङ्ग्रेसमा प्रवेश

३० जेष्ठ २०७६, बिहीबार १५:०० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० जेठ । नेपाली काङ्ग्रेसले पहिलो चरणको जागरण अभियानले पार्टीप्रति जनलहर र जनआकर्षण बढेको निष्कर्ष निकालेको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जेठ २५ गते सम्पन्न पहिलो चरणको राष्ट्रिय जागरण अभियानले पार्टीप्रति जनआकर्षण बढेको निष्कर्ष निकालिएको बताएका छन् ।

पहिलो चरणको जागरण अभियानमा नेपाली काङ्ग्रेसप्रति आकर्षण र वर्तमान सरकारप्रति जनताको विकर्षण देखिएको प्रवक्ता शर्माको भनाइ छ । जनजागरण अभियानको क्रममा अन्य पार्टीबाट ३१ हजार ६ सय ४२ जना आफ्नो पार्टीका प्रवेश गरेको उनको दाबी छ ।

कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आउँदो भदौ २४ गते बीपी जयन्तीको दिनबाट सुरु गर्नेछ । असारको तेस्रो साता केन्द्रीय कार्य समितिको बैठक बोलाउने काङ्ग्रेसले निर्णय गरेको छ । दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नु अघि नै नेपाली कांग्रेसले नेविसंघलगायतका भातृ संस्थाहरुको पुनर्गठन गरिसक्ने कार्यक्रम पनि तय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

काठमाडौं । कर्णाली प्रदेशमा सहमतिअनुसार नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आनाकानी गरेका छन् । गएको वैशाखमा नेकपा

आजको प्रमुख समाचार