काङ्ग्रेसले भन्यो, ‘लोकसेवा आयोगको विज्ञापन तत्काल रद्द गरियोस्’

३० जेष्ठ २०७६, बिहीबार १४:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० जेठ । संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्नुपर्ने जनाएको छ । स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि आयोगले प्रकाशित गरेको विज्ञापन रद्द गर्न काङ्ग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानमा उल्लेख गरिएको समावेशी सिद्धान्त विपरीत खुलाइएको विज्ञापन रद्द गर्नुपर्ने काङ्ग्रेसको अडान रहेको बताउ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले लोकसेवाको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनमा आफ्नो पार्टीको समर्थन रहेको बताए ।

उनले समितिले भने बमोजिम स्थानीय तहको कर्मचारी करारमा राख्ने पक्षमा भने आफ्नो पार्टी नरहेको प्रष्ट पारे । संविधानलाई केन्द्रमा राखेर लोकसेवा आयोगले फेरि विज्ञापन खुलाउने र स्थानीय तहमा आवश्यक कर्मचारी नियुक्तिको प्रक्रियालाई अघि बढाउने पक्षमा आफूहरु रहेको उनको भनाई छ । प्रवक्ता शर्माले त्यस विज्ञापनमा आवेदन दिएकाहरुको भावनाको सम्मान गर्न पनि लोकसेवा आयोगले त्यो विज्ञापन फेरि खुलाउन ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अंकारा । टर्कीकी महिला रुमेसा गेल्जी विश्वकै सबैभन्दा अग्ली महिला बनेकी छिन् । उनको उचाई दुई मिटर १५ सेन्टिमिटर छ

काठमाडौं । जुवातास खेल्नु कानुनविपरितको काम मानिन्छ । जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले