प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा नेकपाको दादागिरी, चिहानघारीदेखि सशस्त्र क्याम्पसम्म कब्जामा

३० जेष्ठ २०७६, बिहीबार १३:२० मा प्रकाशित

काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा नेकपाका कार्यकर्ताले जग्गा कब्जा गरेको विषय संसदमा पुगेको छ । झापा क्षेत्र नं ५ मा नेकपा कार्यकर्ताहरुले चिहानघारीदेखि सशस्त्र क्याम्पसम्म कब्जामा लिएपछि यो विषय संसदमा पुगेको हो ।

विहीबार प्रतिनिधि सभाको शून्य समयमा नेपाली काँग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बूले प्रधानमन्त्रीको क्षेत्र समेत रहेको झापा क्षेत्र नं ५ मा आफ्ना पितापूर्खादेखि चल्दै आएको चिहानघारीमाथि मदन भण्डारीको नाममा नेकपाले हस्तक्षेप गरेको भन्दै दुख व्यक्त गरिन् ।

उनले झापा क्षेत्र नं ५ मा तत्कालीन एमालेका कार्यकर्ताहरुले कमल गाउँपालिका वडा नं १ मा पहिले रहेको सशस्त्रको क्याम्पको जग्गा नै कब्जा गरेको आरोप पनि लगाएकी छिन् । उनले सत्तारुढ नेकपालाई हिम्मत छ भने मदन भण्डारीको नाममा सबै खाली जग्गा कब्जा गरेर देखाउन चुनौति पनि दिईन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ