रामकुमारी झाँक्रीको प्रश्न,‘सांसदलाई ल्यापटप किन बाड्ने ?’

३० जेष्ठ २०७६, बिहीबार १२:४७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले सांसदलाई ल्यापटप बाँड्ने संसद सचिवालयको निर्णयप्रति आपत्ति जनाएकि छिन् । बिहिबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद झाँक्रीले प्रविधिमैत्री बनाउने र बन्ने नाममा सांसदको हुर्मत नलिन आग्रह गरिन् ।

उनले संसदमा भनिन्, “सांसदहरूलाई यस्ता खुद्रा–मसिना कुराहरू बाँड्ने र हुर्मत लिने काम बेलाबखत भइरहेको छ । कहिले ६ करोडको सांसद विकास कोषको नाममा, ०५१ सालमा गरिएको भन्सार सुविधामा सांसदहरूले गाडी ल्याउने कुरा, यस्ता सबै कुराले सांसदलाई जनताबाट डिट्याच (विमुख) गर्ने, सांसदप्रति जनताको नकारात्मक भावनाको विकास भएको देखिन्छ ।”

संसद् सचिवालयले केही दिनअघि प्रतिनिधिसभाका १६५ प्रत्यक्ष, ११० समानुपातिक र ५९ राष्ट्रिय सभाका सदस्यलाई एक–एकवटा ल्यापटप बाँड्ने प्रक्रिया थालिएको बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

  काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सय दिन पुरा गरिसकेको छ । तर, यो सरकारले पनि सय

नेकपा (एमाले)ले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण