उपचाररत बिरामीको मृत्युपछि ओम अस्पतालमा तनाव

३० जेष्ठ २०७६, बिहीबार १२:३७ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । उपचारको क्रममा विरामीको मृत्यु भएपछि ओम अस्पताल तनावग्रस्त बनेको छ । पित्तथैलीमा समस्या देखिएपछि अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीय रामप्यारी थापाको मृत्यु भएको छ । थापाको पित्तथैलीको अप्रेसनको क्रममा ज्यान गएको हो । उनी गत शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन् ।

विरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले विहीबार परिवारका सदस्यलाई थापाको मृत्युबारे जानकारी गराएको थियो । परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

आफन्तहरूले नाराबाजी गर्न थालेपछि प्रहरीले दुवै पक्षलाई राखेर सहमतिको प्रयास गरिरहेको गौशाला वृतका डीएसपी प्रदिप सिंहले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।