भारतद्वारा सैन्य सामग्री निर्यात गर्न ८५ मुलुकको सूची तयार, नेपाल पनि प्राथमिकतामा

३० जेष्ठ २०७६, बिहीबार १०:०७ मा प्रकाशित

काठमाडौँ, ३० जेठ । भारतले आफ्नो सैन्य सामग्री बिक्रीका लागि ८५ मुलुकको सूची तयार पारेको छ । सन् २०२५ सम्म ३ खर्ब २५ अर्ब भारुको सैन्य सामग्री बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य लिएको भारतले सैन्य उद्योगको विस्तार र प्रचारका लागि वार्षिक ५० हजार डलर बजेट छुट्याएको छ । भारतले सार्वजनिक तथा निजीस्तरको माध्यमबाट आफ्नो सैन्य उत्पादनको बिक्री बढाउने तयारी गरेको हो ।

गत वर्ष भारतले सैन्य क्षेत्रको विस्तार तथा निर्यातको विषयमा छलफल अघि बढाएको थियो। सोही छलफलको आधारमा भारतले सैन्य सामग्री बिक्रीको नयाँ रुपरेखा तयार पारेको हो । विभिन्न प्रदर्शनीको आधारमा भारतीय सैन्य सामग्रीको व्यापार विस्तार गरिने लक्ष्य भारतको छ ।

गत वर्ष भारतको सैन्य विभागले पनि सरकारलाई सैन्य सामग्री बिक्रीको लागि स्पष्ट खाका तयार पार्न आग्रह गरेको थियो । भारतले यसअघि शुरुवातमा भारतले सैन्य क्षेत्रमा १६ करोड भारु खर्च गर्ने योजना तयार गरेको थियो । भारतले आफ्नो सबैभन्दा बढी बिक्रीको क्षमता रहेको मुलुकमा भियतनाम, थाइल्याण्ड, बहराइन, यूएई, अफगानिस्तान मलेसियाजस्ता मुलुकलाई राखेको छ ।

भारतले सैन्य सामग्री बिक्रीको प्राथमिकतामा नेपाललाई पनि समावेश गरेको छ । भारत बेलायत, अमेरिकाजस्तै ठूलो सैन्य उद्योग रहेको मुलुक बन्ने योजनामा छ । पछिल्लो केही समययता भारतले पनि आफ्नो सैन्य क्षेत्रमा उच्च प्रविधिको प्रयोग गर्दै आएको छ । भारतले सैन्य क्षेत्रको विकासको लागि चरणबद्ध योजना अघि सार्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले केपी ओली आगामी निर्वाचनमा झापाबाटै पराजित हुने बताएका छन्

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट आइतबार डिस्चार्ज हुनुभएको छ । विरामी परेपछि उहाँलाई दक्षिणी क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको