कर छलि गरेर भित्र्याईएका सवारीसाधन बेच्दै सरकार, २० हजारमै बाइक

३० जेष्ठ २०७६, बिहीबार ०९:४८ मा प्रकाशित

सुनसरी, ३० जेठ । सुनसरी भन्सार कार्यालयले कर छली गरेर ल्याईएक सवारी साधनहरु लिलाम गर्ने भएको छ । कार्यालयले भन्सार छली, चोरी निकासी/पैठारी अभियागमा जफत गरेका ८० वटा सव्वारी साधन लिलाम गर्ने भएको हो ।

यी मध्ये अधिकांश बाइकहरु रहेका छन् । कार्यालयले लिलाम गर्न लागेका सवारी मध्ये केहि कवाडीको रुपमा रहेका छन् भने केहि नयाँ र दर्ता हुने खालका छन् । लिलामको लागि आवेदन दिनेले सवारी साधनहरु जे जस्तो अवस्थामा छ त्यहि अवस्थामा लैजानु पर्ने कार्यालयले जनाएको छ । यदि कसैले लिलाममा आवेदन दिनु अगाडी ति सवारी हेर्न चाहेमा कार्यालय समयमा आइ हेर्न सकिने छ ।

लिलामको सुचीमा दर्ता हुने स्प्लेन्डर मोटरसाइकल साइक्ल समेत रहेको छ जसको न्यूनतम मूल्य १९ हजार ९ सय ५० तोकिएको छ । सबै भन्दा धेरै मूल्य आईसर ट्रयाकटरको रहेको छ । त्यस ट्रयाकटरको मूल्य ५ लाख १६ हजार ५० कायम गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१