न्युयोर्कस्थित फेसबुकको कार्यालय अगाडि नग्न प्रदर्शन

३० जेष्ठ २०७६, बिहीबार ०९:३८ मा प्रकाशित

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित फेसबुकको कार्यालय बाहिर सयौं महिलाहरुले निर्वस्त्र भएर प्रदर्शन गरका छन् । महिलाहरुप्रति फेसबुकले कठोर नियम अख्तियार गरेको भन्दै सेन्सरसिप विरुद्धको राष्ट्रिय गठबन्धनले कलाकार स्पेन्सर ट्युनिकको साथमा उक्त नग्न प्रदर्शनको आयोजना गरेको हो ।

विरोध प्रदर्शनका क्रममा मानिसहरु नग्न भएर फेसबुक कार्यालय अगाडिको सडकमा सुतेका थिए र हातमा वक्षस्थलको प्रतिरुप बोकेका थिए ।

फेसबुकले महिलाका वक्षस्थलका तस्वीर शेयर गर्नमा बन्देज लगाएको विरोधमा न्युयोर्कमा निर्वस्त्र प्रदर्शनको आयोजना गरिएको हो ।

उक्त प्रदर्शनको नाम वि दी निप्पल राखिएको छ । उक्त ह्यासट्यागलाई सोसल मिडियामा पनि निकै प्रचार गरिएको छ । महिला प्रदर्शनकारीहरुले आफ्ना शरीरलाई पुरुषको छातीको प्रतिरुपले ढाकेका थिए ।

स्मरणरहोस् प्रदर्शनमा उत्रिएका टनिक न्यूड फोटोग्राफीका लागि चर्चित छन् । वर्षांैदेखि उनले नग्नता विरोधी यस्ता खालका कानून तथा नीतिहरुको विरोध गर्दै आएका छन् । उनको फेसबुक पेज सन् २०१४ मा प्रतिबन्धमा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

चीनको लोङगजिङ शहरको पियान माउण्टेनमा बनाएको काँचबाट ४३० मिटर लामो पुल भाच्चिएको छ । एक युवक पुलमै अड्किएको तस्विर सामाजिक

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्