अमेरिकी तल्लो सदनले पारित गर्यो ‘ड्रिम याक्ट’ विधेयक

३० जेष्ठ २०७६, बिहीबार ०९:२४ मा प्रकाशित

लस-एन्जलस । डेमोक्र्याटिक पार्टीको बहुमत रहेको अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले ‘ड्रिम याक्ट’ विधेयक पारित गरेको छ ।

आधिकारिक कागजपत्र बीना अमेरिकामा बसिरहेका आप्रवासीलाई नागरिकताको बाटो खुलाउन सक्ने यो विधेयकलाई निकै महत्वका साथ हेरिएको छ ।
तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको माथिल्लो सदन, सिनेटबाट पारित नभएसम्म यो विधेयकले कानूनि मान्यता पाउँदैन । त्यसकारण सिनेटबाट पारित हुनेमा भने धेरैको शंका छ ।

उता, राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले समेत विशेषाधिकार प्रयोग गर्दै विधेयक असफल बनाउने चेतावनी दिइसकेको छ । मङ्गलबार भएको मतदानमा तल्लो सदनका २३७ सदस्यले विधेयकको पक्षमा मतदान गरेका थिए । १८७ सदस्य विपक्षमा देखिए ।

यो विधेयक दुबै सदनबाट पारित भयो भने पनि राष्ट्रपतिले स्वीकृत गर्ने पर्ने प्रावधान छ । यो प्रक्रिया पुरा भयो भने नाबालककै रूपमा अमेरिका आई बसोबास गरिरहेका युवाहरूले निश्चित मापदण्ड पूरा गरेपछि स्थायी बसोबासको अधिकार पाउँनेछन् । जुन पछि नागरिकतामा परिणत हुनसक्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको

अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको सङ्ख्यालाई १५ हजारबाट बढाएर ६२ हजार पाँच

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने भएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत २७

काठमाडौं । कोभिड १९ महामारी विरुद्ध लड्न अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । नेपालका