विश्वकप क्रिकेटमा अष्ट्रेलियाद्वारा पाकिस्तान पराजित

३० जेष्ठ २०७६, बिहीबार ०९:१४ मा प्रकाशित

इङ्ल्याण्ड, ३० जेठ । आईसीसी विश्वकप क्रिकेट प्रतियोगीता अन्तर्गतको १७ औं खेलमा पाकिस्तान अष्ट्रेलियासँग पराजित भएको छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्रै बनाएको हो । अष्ट्रेलियाको लागि प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिँदा मिचेल स्टार्क र केन रिचर्डसन ले २÷२ विकेट लिए ।

प्रतियोगितामा यो अस्ट्रेलियाको तेश्रो जित हो भने पाकिस्तानको दोस्रो हार हो । यस अघि अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले, श्रीलंकालाई ३४ रनले पराजित गरेको थियो । प्रतियोगितामा ४ खेल खेलको अष्ट्रेलिया यसअघिको खेलमा भारतसंग ३६ रनले पराजित भएको थियो । पाकिस्तान आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसंग ७ विकेटले पराजित भएको थियो भने इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले