आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

३० जेष्ठ २०७६, बिहीबार ०५:१९ मा प्रकाशित

काराकास, २९ जेठ (एएफपी) – भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् ।
पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५ जना सवार रहेको जानकारी दिनुभयो । उहाँले बेपत्ता भएका व्यक्तिहरु परिवारको सम्पर्कमा नआएको पनि बताउनुभयो ।
उक्त घटनाका बारेमा अधिकारीहरुले भने कुनै टिप्पणी गरेका छैनन् ।
तटीय सुरक्षा गार्डले कुराकाओको बुल्लेनबाई जलक्षेत्रमा एक व्यक्तिको शव भेटिएको बताएका छन् । तर भेनेजुएलाको अगुइडे गाउँका ती आप्रवासीको हो होइन भन्ने एकिन हुन सकेको छैन ।
एक महिनाभित्रै भेनेजुएलाका आप्रवासी चढेको डुंगा दुर्घटना भएको यो तेस्रो घटना हो । हालसम्म ८० जना बेपत्ता छन् ।
यसअघिका दुई वटा डुंगा क्यारेबियन मुलुक ट्रिनीडाड एन्ड टोबागोतर्फ हिँडेका थिए ।
परिवारका सदस्यहरुका अनुसार आप्रवासी प्रत्येक व्यक्तिले समुद्र पार गर्न ४०० अमेरिकी डलर तिर्नु पर्दछ । संयुक्तराष्ट्र संघले भेनेजुएलाका तीन करोड जनसंख्यामध्ये एक तिहाईलाई मानवीय सहायता आवश्यक रहेको जनाएको छ ।
राष्ट्रसंघले विगत तीन चार वर्षको अवधिमा झण्डै ३३ लाख मानिस भेनेजुएलाबाट पलायन भएका छन् । तर विदेशमन्त्री जर्ज एरेजाले राष्ट्रसंघको तथ्याँक गलत रहेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमति पत्र जारी गर्नेसहितका काम अध्यागमन विभागबाट दशैंको दुई दिन बन्द हुने भएको छ ।

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को

काठमाडौँ । कोरोना महामारीका कारण स्वदेश फर्कन नपाएका विदेशी नागरिकले आगामी पुस मसान्तसम्म आफ्नो बसाई अवधि लम्ब्याउन पाउने भएका छन्

काठमाडौँ । सरकारले ‘अध्यागमन कार्यविधि, २०६५’ संशोधन गरेको छ। बुधबार गृह मन्त्रालयको मन्त्रीस्तरीय कार्यविधिको दफा ३.१ को उपदफा (२)को खण्ड (घ) संशोधन