काँग्रेस पार्टी बचाउने हो भने समयमा अधिवेशन चाहिन्छ: काँग्रेस नेता डा शेखर कोइराला

३० जेष्ठ २०७६, बिहीबार ०५:०७ मा प्रकाशित

तुलसीपुर, २९ जेठ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस दाङले भालुवाङमा आज आयोजना गरेको कार्यक्रममा कोइरालाले काङ्ग्रेस तदर्थ वादमा चलाउने हो भने काङ्ग्रेस समाप्त हुने भन्दै अधिवेशनमा जानुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“विसं २०७६ फागुनमा चार वर्षको कार्यकाल पूरा हुन्छ तर नेतृत्व पक्षले अझै केही वर्ष अधिवेशन लम्बिन्छ भन्दै हिँड्नुभएको छ काङ्ग्रेस अब तदर्थवादमा चलाउने हो भने समाप्त हुन्छ, बेलैमा ध्यान दिन जरुरी छ”, कोइरालाले भन्नुभयो । उहाँले अहिले काङ्ग्रेसको प्रदेश, क्षेत्रमा पनि कमिटी बन्न नसकेको भन्दै काङ्ग्रेसको विधानमा सङ्क्रमणकालीन व्यवस्थामा भएकाले तुरुन्त निर्वाचनमा जानुपर्ने सुझाव दिनुभयो ।

कोइरालाले काँग्रेसले पहिलो जागरण अभियान सफतापूर्ण तवरले सम्पन्न गरेको भन्दै अर्को अभियान सँगसँगै अधिवेशनको तयारीमा पनि लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले विधि र विद्यानलाई टेकेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “विधि र विधानलाई नटेक्दा काङ्ग्रेसको यस्तो अवस्था आएको हो, विधि र विधानलाई केन्द्रदेखि स्थानीयस्तरसम्म मान्नुपर्छ”, उहाँले भन्नुभयो, “हामीले संस्कार गुमाउँदै गएकाछौँ, नैतिकताको कसिमा पनि बाँधिन सकेका छैनौँ, त्यसतर्फ ध्यान दिनुपर्छ ।”

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौँ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको कुरा तत्काललाई टरेको बताएका छन्। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा