हज कमिटीका अध्यक्ष सहित १० जना बिरुद्द भ्रष्ट्राचार मुद्दा

२९ जेष्ठ २०७६, बुधबार १८:०३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन उपसमितिका अध्यक्ष मोहम्मद शोऐब समेत १० जना बिरुद्द भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । अख्तियारले २०७४ मा नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरू पठाउँदा अनियमितता गरेको आरोप सहित उनीहरु विरुद्द बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले उपसमितिका ९ जना र हजयात्री पठाउने जिम्मा लिएको हिना ट्राभलका संचालक बिरुद्द मुद्दा दायर गरेको हो । आयोगले उनी हरुसँग जनही ३८/३८ लाख गरी कुल ३ करोड ८० लाखको बिगो माग गरेको छ ।

समितिले बोलपत्र आह्वान गर्दा सबै भन्दा कम कबुल गर्ने ट्राभल कम्पनीलाई जिम्मा नदिई मिलेमतोमा बढी रकम कबुल गर्ने संग यात्री लान सझौता गरेको अख्तियारले जनाएको छ। यस क्रममा आर्थिक तथा सार्वजनिक खरिदसँग सम्बन्धित ऐन नियम पालना नगरेको पाईएको अख्तियारले जनाएको छ ।

अख्तियारले समितिका अध्यक्ष मोहम्मद शोऐब, सदस्यहरु अतावुल अंसारी, मोहम्मद ईब्राहिम राईन, महमद जबारदिन मिया, जमिला मियाँ, मोमिना वानु मुस्लिम, मजिबुल शेष, सदस्य सचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभलका संचालक दाउद हुसैन बिरुद्द मुद्दा दायर गरेको हो ।

यस्तो छ देहायः

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको