विश्वकप क्रिकेटमा शिखर धवन घाइते, ऋषभ पन्तलाई अवसर

२९ जेष्ठ २०७६, बुधबार १७:५८ मा प्रकाशित

दिल्ली, २९ जेठ । भारतीय क्रिकेट टिमा विस्फोटक ब्याट्सम्यान शिखर धवनको स्थानमा ऋषभ पन्त मैदान उत्रने भएका छन् । अष्ट्रेलियाविरुद्ध भएको खेलमा बुढी औंलामा चोट लागेपछि धवन मैदान बाहिर हुने भएका हुन् । उनी कम्तीमा दुई साता मैदान बाहिर हुनेछन् ।

टाइम्स अफ इन्डियाले विकेटकिपर ब्याट्सम्यान ऋषभ बिहीबार बिहान इंग्ल्यान्ड जाँदैछन् भनेर लेखेको छ । बिहीबार नै इंग्ल्यान्ड पुगेपनि धवन टिमबाट आउट नभएसम्म उनी टिम बाहिर नै रहने छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने यसबारे केही बोलेको छैन । धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । तर बलर नाथन कल्टरनाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल

काठमाडाैँ । आज २३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ आज भएका

काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनलले एस्टन भिल्लामाथी सहज जित निकालेको छ । शुक्रबार राति घरेलु मैदानमा आर्सनलले