जापनी कम्पनीले जवरजस्ति लियो नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा

२९ जेष्ठ २०७६, बुधबार १७:५३ मा प्रकाशित

काठमाडौँ, २९ जेठ । धादिङको सिस्नेदेखि काठमाडौंको सतुंगल सम्मको नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम सुरु गरिने बताईएको छ ।

ठेक्कामा एक जापानी र ५ चिनियाँ कम्पनी प्रतिस्पर्धामा थिए । तर, जापानी सहयोग नियोग (जाइका)ले चिनियाँ कम्पनीबाट हुने काम गुणस्तरीय नहुने भन्दै चिनियाँ कम्पनीलाई ठेक्का दिन अस्वीकार गरेको थियो । तर, खरिद ऐन र नियमावलीले कम मूल्य कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने व्यवस्था गरेको छ । तर सुरुङमार्ग निर्माणको दाताले नै कम कबोल गर्ने चिनिया कम्पनीलाई काम गर्न नदिन भनेपछि नेपाललाई सककस भएको थियो ।

अन्तिममा हाज्मासँग वार्तामार्फत उसको प्रस्तावभन्दा ७० करोड कममा सुरुङमार्गको ठेक्का दिने सहमति भएको हो । अब हाज्माले यसअघि कबोल गरेको भन्दा ७० करोड रुपैयाँमा काम गर्नेछ । जाइकाले जापानी कम्पनीले ठेक्का नपाए नेपाललाई दिँईदै आएको सहयोग नै कटौति गर्ने चेतावनी दिएपछि हाज्माको प्रस्तावमा नै रकम घटाएर सम्झौता हुन लागेको हो ।

विष्फोटक पदार्थ प्रयोग गरेर यो सुरुङमार्ग निर्माण गरिने छ ।

हाज्मा काटेश्वर–सूर्यविनायक खण्डलाई ८ लेनमा विस्तार गर्ने र बिपी राजमार्गको निर्माण गरेको हो ।

यो सुरुङमार्ग निर्माणका लागि सरकारले आगामी वर्ष ६ अर्ब २७ करोड विनियोजन गरेको सडक विभागको विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने भएको हो । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार