मर्जमा जान वाणिज्य बैंकका तीन माग

२९ जेष्ठ २०७६, बुधबार १६:५७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ जेठ । नेपाल बैंकर्स एसोसियसनले वाणिज्य बैंकलाई मर्जरमा जान मौद्रिक नीतिमार्फत प्रोत्साहन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । सरकारले बजेट मार्फत वाणिज्य बैंकहरुलाई मर्जमा जान प्रोत्साहन गर्ने बताएको थियो । बजेटमा नै विग मर्जको विषयले स्थान पाएपछि वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोशिएसनले राष्ट्र बैंकलाई मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई मर्जरमा जान प्रोत्साहन गर्न केही नितिगत छुटको ब्यवस्था गर्न आग्रह गरेको छ ।

बैंकर्स संघले मौद्रिक नीतिको लागि राष्ट्र बैकलाई २७ बुँदे सुझाव पठाएको छ । संघले पठाएको सुझावको २४ नंम्बर बुँदामा भनिएको छ ‘मर्जररएक्यूजिसन सम्बन्धीः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने लक्ष्य लिएकोमा मुख्यतः ‘ख’ तथ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मर्जर÷एक्यूजिसनमा गएको अवस्था छ । ‘क’ वर्गका बैंकहरुलाई समेत यसलाई प्रोत्साहन गर्न केहि नीतिगत छुट÷व्यवस्था लागु गर्न उचित हुनेछ । उदाहरणका लागि तहाँबाट तोकिएको चबतभ, चबतष्य, उयचतायष्यि आदिमा केहि छुट प्रदान गरिनु पर्ने ।’

बैकर्स संघले राष्ट्र बैंकलाई मर्जरमा जान प्रोत्साहन गर्न ब्यवस्था गर्न पहिलो पटका औपचारिक सुझाव पठाएको राष्ट्र बैंक स्रोतले जनाएको छ । बैंकर्स संघले राष्ट्र बैंकलाई पठाएको सुझावमा रेट, रेसियो र पोर्टर्फलियोमा सहुलियत मागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको