बेलायतबासी नेपालीलाई प्रधानमन्त्रीको आग्रह,‘सीप र सम्पत्ति बोकेर नेपाल फर्किनुहोस्’

२९ जेष्ठ २०७६, बुधबार १६:२५ मा प्रकाशित

बेलायत, २९ जेठ । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लण्डनबासी नेपालीलाई नेपाल फर्कन आह्वान गरेका छन् । दूतावास आयोजित कार्यक्रमा उनले वेलायतमा कमाएको सीप, ज्ञान तथा सम्पत्ति लिएर नेपाल फर्किन आह्वान गरेका हुन् ।

ओलीले भने, ‘नेपालीहरु जहाँ पुग्छन्, त्यहीँको संस्कृति, भाषा र परम्पराको सम्मान गर्न सक्छन्, यो नेपालीको विशेषता हो ।’ उनले थपे, ‘जहाँ बसेपनि नेपाललाई माया गर्नुुस् र अन्तत नेपालै फर्किनुहोस् ।’

सन् १८१६ मा शुरु भएको दुई देशबीचको औपचारिक दौंत्य सम्बन्ध आफ्नो भ्रमणले अझ प्रगाढ भएको ओलीको दाबी छ । बेलायत नोपलको अप्ठ्यारो परिस्थितिको साथी भएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले नेपालीहरु वीर हुन् भन्ने कुरा बेलायतले सबैभन्दा पहिले चिनेको पनि जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१