निजी सम्पत्ति हडप्ने नियतले गुठीसम्बन्धि विधेयक ल्याईयोः नेता सिंह

२९ जेष्ठ २०७६, बुधबार १५:३० मा प्रकाशित

काठमाडौँ, २९ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीसम्बन्धि विधेयक फीर्ता लिन माग गरेका छन् । गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी ल्याएको विधेयक फीर्ता नलिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी छ ।

नेता सिंहले सरोकारवाला निकायसँग छलफल गरी सो विधेयक पुनः संसदमा पेश गर्न पनि सरकारलाई सचेत गराए । निजी गुठीलाई राज्यले नियन्त्रण गर्ने गरी ल्याइएको सो विधेयक संविधानको भावना विपरित रहेको उनको भनाई छ ।

नेता सिंहले हजारौं वर्षदेखिको धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्दै आएको गुठी सम्बन्धी व्यवस्थालाई सरकारले खराव नियतका साथ हटाउन खोजेको आरोप पनि लगाए । सो विधेयक ल्याएबाट सरकार व्यक्तिको निजी सम्पत्ति हडप्ने तयारीमा रहेको आफूलाई आशंका लागेको पनि नेता सिंहले आरोप लगाए ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले संविधानमा गुठीको मूल मर्म प्रतिकूल हुने गरी सो सम्बन्धी ऐन संशोधन गर्न नपाउने व्यवस्था गरिएको तर सरकारले त्यसलाई उलंघन गरेर सो विधेयक ल्याएको आरोप पनि लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट

आजको प्रमुख समाचार