भारतमा शक्तिशाली चक्रवात वायु, नेपालमा पनि असर गर्ने

२९ जेष्ठ २०७६, बुधबार १३:२९ मा प्रकाशित

काठमाडौँ, २९ जेठ । भारतको गुजरातमा बिहीबार चक्रवात ‘वायु’ आउने पूर्वानुमान गरिएको छ । भारतको उत्तरपूर्वी क्षेत्रमा चक्रवात वायुले नेपालमा पनि असर गर्नसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार चक्रवात वायु नै भने नेपाल आइपुग्दैन । उनले भनिन्, ‘‘चक्रवात वायु नै नेपाल आइपुग्ने होईन, यसको असरले भोली अपरान्हतिर वर्षा भने हुन सक्छ ।’ आज बिहान भारतको उत्तराखण्ड हुँदै पश्चिमा वायु नेपाल प्रवेश गरेको छ ।

अबको २४ घण्टाभित्रै आउने चक्रवात वायुबाट भारतको गुजरातमा करिब ६० लाख मानिस प्रभावित हुने भारतीय अधिकारीहरुले बताएका छन् । करिब ३ लाख मानिसलाई विभिन्न ७ सयवटा सेल्टरमा सार्न लागिएको छ । प्रभावित क्षेत्रका विद्यालय र कलेजहरु शुक्रबारसम्मका लागि बन्द गरिएका छन् ।

१२० किमी प्रतिघण्टाको दरले आउने अनुमान गरिएको यो वायु विगत एक दशककै उत्तर पश्चिम भारतमा आएको सबैभन्दा ठूलो धक्का हुने जनाइएको छ । उत्तरपूर्वी भागमा एक महिनाअघि फानी आँधीले आतंक मच्चाएको थियो । बुधबार चक्रवात वायु मुम्बईको २०० किमी पश्चिममा आइपुगेको बताइएको छ । उक्त चक्रवात भोलि विहीबार गुजरातमा पुग्नेछ । ३९ जनाको नेशनल डिजास्टर रेस्पोन्स फोर्स टिमलाई सम्भावित प्रभावित क्षेत्रमा पठाइएको छ । सेनाको ३४ टोली पनि तैनाथ राखिएको जनाइएको छ ।

उक्त चक्रवात वायु सोमबार बनेको र मंगलबार शक्तिशाली भएको बताईएको छ । सो वायु अरेबिया समुन्द्रबाट आएको हो । भारतको गुजरातमा गएको २० वर्ष यता यसखालको शक्तिशाली वायु नआएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३