पश्चिम नेपालमा हावाहुरीको प्रभावः विमानस्थलमा उडान र अवतरण प्रभावित

२९ जेष्ठ २०७६, बुधबार १२:४९ मा प्रकाशित

बाँके, २९ जेठ । पश्चिम नेपालमा हावाहुरीको प्रभाव पर्न थालेको छ । हावाहुरीका कारण पश्चिम क्षेत्रका आन्तरिक विमानस्थलमा उडान र अवतरण प्रभावित भएको छ । काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । हावाहुरीका कारण नेपालगन्ज विमानस्थलमा उक्त विमान अवतरण गर्न सकेन ।

नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार हावाहुरीका कारण करिब आधा घण्टा विमानस्थल पूर्णरुपमा बन्द भएको थियो । अहिले भने सामान्य अवस्थामा फर्किएको छ ।

धनगढी विमानस्थल बुधबारबाट सञ्चालनमा आएको छ । धावनमार्ग ममर्तको काम सकिएपछि विमानस्थल सञ्चालनमा आएको हो । काठमाडौंबाट उडेको श्री एयरलाइन्सको जहाज धनगढीमा अवतरण भइसकेको छ । धावनमार्ग मर्मत गर्न यो विमानस्थल २२ वैशाखदेखि बन्द भएको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु सुदुरपश्चिमबाट नेपाल छिरेको बताएको छ । वायुको प्रभाव मध्यपश्चिम क्षेत्रसम्म देखिने विभागको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

आजको प्रमुख समाचार