पक्राउ परेका युटुबर गौतमलाई अमेरिकन कमेडियनको साथ

२९ जेष्ठ २०७६, बुधबार १२:१० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २९ जेठ । युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक प्रनेश गौतम शुक्रबार पक्राउ परेका थिए । पक्राउ परेका उनलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । सुनसरी धरान उपमहानगरपालिका–१४ बिजयनगरका २४ वर्षीय गौतम भक्तपुरको बालकोटमा बस्दै आएका थिए ।

मिलन चाम्लिङ राईले निर्देशित नेपाली कथानक चलचित्र वीरबिक्रम २ को गलत प्रचार गरेको उनीमाथि आरोप छ । प्रहरीले गौतमले निर्देशक राईसँग उक्त फ्लिमको प्रचार गर्दिन्छु भनेको तर राइले पर्दैन भनेपछि गलत प्रचार गरिदिएको बताएको छ । निर्देशक राईले निर्देशक आफू र उक्त चलचित्रमा अभिनय गरेका कलाकारको मानप्रतिष्ठामा खलल पुर्यार्याउने, चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्यायाृएने, गाली गलौज गर्ने र चलचित्रको बदनाम गरेको भनेर जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले प्रनेशलाई पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रनेश पक्राउ परेपछि विश्वभरबाट उनको समर्थनमा आवाज उठ्न थालेको छ । गौतमको रिहाईको माग गर्दै विश्व चर्चित कमेडियन र युटुबरले सेभ प्रनेश अभियान नै चलाएका छन् । ट्वीटरमा अहिले प्रनेश रिहाईको माग गर्ने बढिरहेका छन् । उनको पक्राउको विरोधमा सामाजिक सञ्जालमा ‘फ्रि प्रनेश’को नारा अभिव्यक्त हुन थालेका छन् । अमेरिकन कमेडियन म्याट डेभिस, लि क्याम्पले ट्वीटर मार्फत रिहाईको माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गलेश्वर । मानिसको जीवनमा निकै विरोधाभाषपूर्ण स्थिति पनि उत्पन्न हुँदोरहेछ भन्ने गतिलो उदाहरण बन्नु भएको छ म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

काठमाडौं । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी मंगलबार परम्परा अनुसार नागको पूजा गरी मनाइदैँछ । यस