लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनप्रति विद्यार्थीको आपत्ति

२९ जेष्ठ २०७६, बुधबार ०९:४८ मा प्रकाशित

काठमाडौँ, २९ जेठ । संसदीय समितिले लोकसेवा आयोगलाई स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि विज्ञापन रोक्न निर्देशन दिएपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुले लोकसेवा तयारी विद्यार्थी संघर्ष समिति गठन गरेरै आन्दोलन सुरु गरेका छन् । उनीहरुले मंगल थापाको संयोजकत्वमा समिति गठन गरेका छन् ।

संघर्ष समितिले संसदको सुशासन तथा राज्य व्यवस्था समितिले कर्मचारी भर्ना सम्बन्धि विज्ञापन रोक्न र ‘करारमा कर्मचारी’ नियुक्ति गर्न भनि दिएको निर्देशनप्रति आपत्ति जनाएको हो । यसबाट लाखौ विद्यार्थीहरु चिन्तित बनेको समितिको निष्कर्ष छ ।

समितिले लोकसेवा आयोगबाट नै परीक्षा गर्न आग्रह गरेको छ । समितिले भनेको छ ‘‘योग्यता प्रणालीलाई आधार बनाई स्थायी सरकारको रुपमा रहेको निजामति सेवा र सेवा सञ्चालन गर्ने विभिन्न निकायहरुमा निष्पक्ष र पारदर्शि तवरले परीक्षा लिई योग्य कर्मचारी भर्ना छनौट गर्ने प्रक्रिया सम्मानित लोकसेवा आयोगबाटै गरियोस ।’ समितिले संसदीय समितिलाई समेत आफ्नो निर्णय यथाशीघ्र फिर्ता लिन र तथा यस्ता असंवैधानिक तथा नीति विपरितका कार्य नगर्न चेतावनी दिएको छ ।

संघर्ष समितिले मंगलबार विहानै माईतिघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण विरोध र्याली मसेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका