कविता महोत्सव: वाचनमा १० नं

२९ जेष्ठ २०७६, बुधबार ०८:५५ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवका लागि मूल्याङ्कनको मापदण्डमा परिमार्जन गरी वाचनपछि मात्रै पुरस्कृत कविताबारे निर्णय गर्ने भएको छ । विगत वर्षमा वाचन गरिनुपूर्व नै मूल्याङ्कनकर्ताले प्राप्ताङ्क दिने गरेकामा प्रतियोगितालाई पारदर्शी र व्यवस्थित बनाउन यस वर्ष वाचनका लागि बेग्लै १० नं दिइने प्रबन्ध गरिएको हो ।

प्रतिष्ठानले स्थापना दिवसका दिन असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलका अनुसार आशन्न ६२औँ स्थापना दिवसमा आयोजना गरिने महोत्वसका लागि तीन सय ४१ प्रतियोगीको कविता प्राप्त भएको छ । उहाँले प्राप्त कवितालाई कोडिङ गरी कविको नाम र तस्बीर गोप्य राखी विशेषज्ञलाई दिइने, पहिलो चरणको छनोटबाट वाचनका लागि ३० जना चयन हुने र वाचनपछि पहिलो, दोस्रो र तेस्रो गरी पाँच जनालाई पुरस्कृत गरिने जानकारी दिनुभयो । गत वर्ष दुई सय २९ कविता वाचन गरिएको थियो ।

पुरस्कारको राशि क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ । यसरी मूल्याङ्कन गर्दा भूगोल वा जातका आधारमा नभइ केवल कविताको मात्रै मूल्याङ्कन हुने उहाँको भनाइ छ । प्रतिष्ठानले समसामयिक विषयमा १५० शब्दभित्र कविता आव्हान गरेकामा कविता बुझाउने अन्तिम मिति सोमबार सकिएको थियो । महोत्सवको अघिल्लो दिन असार ८ गते ‘समकालीन नेपाली कवितामा समावेशी स्वर’ विषयमा कार्यपत्रसहित काव्य विमर्श हुनेछ भने गत वर्षका विजयी कविलाई आगामी असार ३ गते राष्ट्रपति भवन शीतल निवासमा आयेजना हुने समारोहमा पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार