नुवाकोट–११ फाइनलमा

२९ जेष्ठ २०७६, बुधबार ०८:५१ मा प्रकाशित

विदुर, २८ जेठ । नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा नुवाकोट–११ फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा पुलिस क्लबलाई १–० गोलले हराउँदै घरेलु टोली नुवाकोट–११ फाइनलमा प्रवेश गरेको हो ।

खेलको ४०औं मिनेटमा नुवाकोट–११ का रोमियोले निर्णायक गोल गरेका थिए । यसअघि खेलको २०आँै मिनेटमा पुलिसका खेलाडीको प्रहार बारमा लागेर फर्किएको थियो । नुवाकोट–११ का खेलाडीको प्रहार पनि बारमै लागेर फर्किएको थियो । खेलको म्यान अफ दी म्याच नुवाकोट–११ का भिक्टो घोषित भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

फाइनलमा नुवाकोट–११ ले सङ्कटा र च्यासल युथ बीचको बुधबार हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्ने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । आइसीसी टि२० विश्वकपमा पाकिस्तानले सानदार विजयी सुरुवात गरेको छ । दुबईमा आइतबार राति भएको खेलमा भारतमाथि १० विकेटको

एजेन्सी । टी–२० विश्वकपपछि विराट कोहलीले भारतको टी–२० टोलीको कप्तानी छाड्ने भएका छन् । यो संगै उनको नौ बर्ष लामो

कास्की । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् । पोखरा

काठमाडौं । आजदेखि आईसीसी टी-२० क्रिकेट विश्वकपमा दोस्रो चरण अर्थात सुपर १२ का खेल सुरु हुँदैछ । पहिलो चरणको खेल