‘मिडिया काउन्सिल विधेयक’ विरुद्द पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

२८ जेष्ठ २०७६, मंगलवार १८:४० मा प्रकाशित

काठमाडौँ, २८ जेठ । नेपाल पत्रकार महासंघले ‘मिडिया काउन्सिल विधेयक’ विरुद्द तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

महासंघका महासचिव रमेश विष्टले सरकारले आफूहरुको जायज माग सम्बोधन गर्न चासो नदिएको भन्दै दुःख व्यक्त गरेका छन् । आफूहरुको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिएको भन्दै उनले आपत्ति पनि जनाए ।

सरकारले मिडिया काउन्सिल विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् हुने गरी ल्याएको भन्दै महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान संचालन गर्ने, असार ६ गते सो हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध कार्टुन प्रर्दशनी गरिने छ ।

असार २० गते वृहत प्रेस स्वतन्त्रता सभा आयोजना गर्ने, २५ गते लालटिन जुलुस आयोजना गर्ने र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम पनि महासंघले तय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१