प्रकाश सपुतको ‘गलबन्दी’ले पायो करोड बढी भ्युअर्स

२८ जेष्ठ २०७६, मंगलवार १८:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २८ जेठ । निकै चर्चामा रहेको ‘गलबन्दी’ले युट्युबमा एक करोड भ्युअर्स पाएको छ । बजारमा आएको १८औँ दिनमा गीतले करोड बढी भ्युअसै पाएको हो । यो रिर्पोट तयार पार्दासम्म १ करोड ३ लाख ११ हजार २ सय भ्युअर्स छन् । गीतको भिडियो युट्युबको ट्रेन्डिङ नम्बर तीनमा छ ।

मौलिक र गाउँले परिवेशमा तयार पारिएको यस गीतमा प्रयोग भएका संवाद ९डाइलग० हरु जनजिब्रोमा झुण्डिएका छन् । ‘ढिलो आयो कडा आयो’ ‘हल्का ग्यास्ट्रिक’ लगाएतका डाइलग यतिबेला चर्चित छन् ।

बोलमायाको प्रीक्वेलको रुपमा निर्माण गरिएको गलबन्दीलाई गायक प्रकाश सपुत र शान्तिश्री परियाले स्वर दिएका छन् । गितको शब्द संगित गरेका प्रकाशले भिडियोको निर्देशन पनि आफैँले गरेका हुन् ।

भिडियोमा प्रकाश सपुत र अञ्जली अधिकारीले अभिनय गरेका छन् । यस गीतमा अभिनय गरेपछि अञ्जलीको माग बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२१ को उपाधिका लागि टप १८ सेमिफाइनलिस्ट तय भएका छन् । ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना