नेपाल टेलिकमद्वारा तराईमा जीएसएम सेवा विस्तार

२८ जेष्ठ २०७६, मंगलवार १६:०५ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको हालसम्म तराईका १७ जिल्लामा २ सय ६० बीटीएस टावर सञ्चालनमा ल्याएको छ । मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा कम्पनीले ती बीटीएस सञ्चालनमा ल्याएको हो ।

योसँगै दुर्गम र कम जनघनत्व भएका वस्तीमा पनि सेवाको पहुँच पुगेको टेलिकमले जनाएको छ । टुजी र थ्रीजी बीटीएस सञ्चालनमा आएपछि इन्टरनेट र टेलिफोन सेवामा सहज भएको कम्पनीको दाबी छ । टेलिकमको एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को काम अन्तिम चरणमा पुगेको छ । प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौं उपत्यकाबाहेक साविकका मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चलका विभिन्न स्थानमा बीटीएस टावर निर्माणको काम भईरहेको छ ।

टेलिकमले प्याकेज बी अन्तर्गत काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सकिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप-२६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड १९ संकट व्यवस्थापन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना भएकी छन्। निमोनियाका कारण मन्त्री झाक्री गएराति वीर अस्पताल भर्ना

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा‍. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइ