नेपाली काङ्ग्रेस प्रशिक्षण अभियानलाई तिब्रता दिने

१ चैत्र २०६८, बुधबार ०९:११ मा प्रकाशित


काठमाडौ, १ चैत । नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिने भएको छ । सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयहरुमा काङ्ग्रेसले कार्यकर्ताहरुमार्फत आफ्नो धारणा जनतासम्म पु¥याउने अभिप्रायले प्रशिक्षण अभियानलाई तीव्रता दिने भएको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ । यही क्रममा नारायणी र जनकपुर अञ्चलका लागि चैत ६ र ७ गते वीरगन्जमा प्रशिक्षण कार्यक्रम तय गरिएको छ । सेती र महाकालीका लागि ९ र १० गते धनगढीमा र मध्यपश्चिमाञ्चलको भेरी, कर्णाली र राप्तीका लागि १२ र १३ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम गर्ने मिति तय गरिएको छ । प्रशिक्षणमा केन्द्रीय सदस्य, सभासद्, जिल्ला सभापतिहरु, कार्यक्रम प्रशिक्षण समन्वय शाखाका प्रमुख तथा तोकिएका अन्य प्रतिनिधि सहभागी हुने छन् । हिमाल, पहाड र तराईमा रहेका जनतासँगको सम्बन्धलाई घनीभूत गर्दै पार्टीको सिद्धान्त, विगतमा गरेको सङ्घर्ष तथा समसामयिक सवालहरु र पार्टीको धारणाबारे प्रशिक्षणमा छलफल हुने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान विभागका प्रमुख एवम् नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न