कडा मागसहित मृगौला रोगीद्वारा आमरण अनसनको चेतावनी

२० श्रावण २०६९, शनिबार १९:१५ मा प्रकाशित

काठमाडौं, २० साउन । मृगौला रोगबाट ग्रस्त विरामीको निशुल्क उपचार र हेमोडायलासिसमा लाग्ने सम्पूर्ण खर्च निशुल्क गराउन सरकारलाई दवाव दिने उद्देश्यले मृगौलाको रोग लागेर उपचार गर्न नसकेकाहरु आमरण अनसनमा बस्ने भएका छन् । नेपाल किड्नी समाजले शनिवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर सरकारलाई बारम्बर आफ्नो मागको विषयमा ध्यानआर्कर्षित गराउँदै आए पनि सरकार कानमा तेल हालेर सुतेकोले मृत्यूको मुखमा पुगेका आफूहरु बाध्य भएर आमरण अनसनमा बस्न बाध्य भएको सुनाए ।

समाजले आर्थिक उपचारको लागि एकमुष्ट आर्थिक सहयोग गर्नुपर्ने, स्वेच्छाले अंगदान गर्न पाउनु पर्ने, ब्रेन डेथ भएकाहरुको मृगौला निकाली प्रत्यारोप गर्ने ब्यवस्था गरिनु पर्ने, प्रत्येक जिल्लामा कम्तिमा एउटा हेमोडायलासिस केन्द्र सञ्चालन गर्नुपर्ने, डायलायसिस सेवा २४ घण्टा नै सन्चालन गर्नुपर्ने, बन्द–हडतालको बेलामा मृगौला रोगीलाई अस्पताल लान लैजान छुट्टै सवारी साधनको ब्यवस्था गरिनु पर्ने लगायतका माग राखेका उनीहरुले माग पूरा नभए आगामी २५ गते बिहिबारदेखि आमरण अनसन सुरु गर्ने जनाए ।

त्यसैगरी मृगौला प्रत्यारोपणको तयारीमा रहेका विरामीलाई एकमुष्ट १० लाख रुपैया उपलब्ध गराउनु पर्ने, औषधी र उपचारको लागि एकमुष्ट २ लाख रुपैया वा निशुल्क सेवाको ब्यवस्था गर्नुपर्ने, डायलासिस वा प्रत्यारोपण गरिसकेका विरामीको उपचारमा आवश्यक औजार र औषधीमा लाग्ने सम्पूर्ण कर मिनाहा गरिनु पर्ने, रगत परिक्षण र रक्त तत्वमा लाग्ने शुल्कमा पुरै अनुदान दिनुपर्ने र मृगौला रोग पिडितलाई हवाईजहाज र सवारी साधनमा पुरै भाडा मिनाहा गर्नुपर्ने माग पनि समाजले अगाडि सारेका छ । राष्ट्रिय मृगौला रोगी पिडित संघका अध्यक्ष चिन्तामणी पोख्रेलले आफूहरु रोगको उपचार गराउन नसकेर त्यसै पनि मृत्यू सैयामा पुगेको अवस्थामा मृगौला रोगीको समस्या राज्यको आँखामा पार्न आफूहरु आमरण अनसनमा बस्ने निर्णयमा पुगेको बताए ।

मृगौला पिडीत पत्रकार रमेश चालिसेले न्यून आर्थिक आम्दामी गरेर मुस्किलले जीवन गुजारेका नेपाली जनताको लागि मृगौलाको रोग भालुको कन्पट जस्तो बनेको भन्दै जनताको सुरक्षा, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्नुपर्नेमा विरामी आमरण अनसनमा बस्नु जनपक्षीय भनेर दावी गर्ने सरकारको मुखमा झापड भएको आरोप लगाए । पत्रकार सम्मेलनमा समाजका सहसचिव गौरब गुरुङ, रमिला दाहाल, हेमराज श्रेष्ठ लगायतका रोगीहरुले पनि आफ्नो पिडा सुनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई