एकिकरणको सहमति अनुसार सरकारको नेतृत्व परिवर्तन हुन्छः ओली

२८ जेष्ठ २०७६, मंगलवार १३:३३ मा प्रकाशित

(बिबिसी) २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्ने बताएका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ब्रिटेनको अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकिकरण हुँदा भएका सहमति अनुसार नै पार्टीले निर्णय गर्ने बताए ।

सोमवार बेलुका ब्रिटेनको अक्स्फोर्ड विश्वविद्यालयमा विद्यार्थी युनियनले कार्यक्रम आयोजना गरेको थियो । ‘के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताए ।

दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारूढ नेकपा (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो । एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

काठमाडौँ ।प्रधानन्यायाधीशबाटै न्यायालयको स्वच्छता, स्वतन्त्रता र गरिमा संकटमा परेपछि न्यायाधीशहरुले नै ‘फुलकोर्ट’ बहिष्कार गर्ने ऐतिहासिक निर्णय गरे । न्यायाधीशहरू अदालतभित्र

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट

आजको प्रमुख समाचार