लोकसेवा विज्ञापन रद्द विरुद्द विद्यार्थीहरु आन्दोलित

२८ जेष्ठ २०७६, मंगलवार १३:२२ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । लोकसेवा आयोगको विज्ञापन रद्द विरुद्द काठमाडौँमा आन्दोलन सुरु भएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि त्यसको विरोधमा लोकसेवा तयारी तदर्थ समितिले मंगलबार काठमाडौंमा आन्दोलन सुरु गरेको हो ।

समितिले सोमबार विज्ञापन रद्द गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको थियो । संघर्ष समितिमा आवद्ध विद्यार्थीहरुले संसदीय समितिले संविधान, कानुन र नागरिकको हित विरुद्ध दिएको निर्देशन फीर्ता लिनुपर्ने माग गरेका छन् । समितिले निर्देशन फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनीहरुको चेतावनी छ ।

लोसेवाको तयारीमा रहेका विद्यार्थीहरुले स्थानीय तहमा करारमा कर्मचारी राखेर लोक सेवा आयोगको अधिकार क्षेत्रमाथि समितिले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

काठमाडौँ- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन रहेको

काठमाडौं । बाग्मती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१