साढे तीन करोड खर्चेर सांसदलाई ल्यापटप बाँडिदै

२८ जेष्ठ २०७६, मंगलवार १२:३१ मा प्रकाशित

काठमाडौँ, २८ जेठ । सरकारले सांसदहरुलाई ल्यापटप दिने भएको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप सरकारले ल्यापटप बाँड्न लागेको हो । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी १९ जेठमै बोलपत्र आह्वान गरेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयलाई क्रमशः पेपरलेस बनाउने अभियानस्वरुप ल्यापटप उपलब्ध गराउन लागिएको हो ।
सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयले पनि स्वीकृति दिइसकेको छ । अर्थले रकम दिने सहमति दिएपछि बोलपत्र मार्फत ल्यापटप खरीद प्रक्रिया अगाडी बढेको हो । संसद सचिवालयका अनुसार पहिलो पटक सांसदहरुका लागि ल्यापटप बाँड्न लागिएको हो । यसका लागि करिब साढे ३ करोड रकम खर्च हुने अनुमान गरिएको छ ।

संसद सचिवालयले ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम पनि दिनेछ । संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै रहेकाले तालिमको आवश्यकता पर्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै सुरु हुने बताउनुभएको छ ।

पोखरा । गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारबाट कुनै आश नरहेको बताएका छन् । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक निकाय र सरकारमा मात्र नभई राजदूतमा पनि भाग खोजेका छन् । उनले आफ्ना सम्धी