आन्दोलनकारीलाई हान्न कहाँबाट ल्याउँछ प्रहरीले पानी ?

२८ जेष्ठ २०७६, मंगलवार ११:४३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २८ जेठ । नेपालमा विभिन्न तरिकारले आन्दोलन गरिन्छन् । कतै शान्तिपूर्ण, कतै सत्याग्रह र कतै विद्रोह नै । नेपालमा यी र यस्ता आन्दोलन हुनुलाई सामान्य रुपमा लिईन्छ । सरकारले तोकेको घेरा तोडेर विद्रोह गर्नुलाई सानदार विजय मानिन्छ र खुशीयाली मनाईन्छ ।

केही महिनाअघि सरकारले आन्दोलन र सरकार विरोधि गतिविधिका लागि निश्चित स्थान तोक्यो । तर यसको चौतर्फी आलोचना र विरोध भयो । अन्ततः अदालतमा मुद्दा समेत पर्यो र सरकारको विपक्षमा फैसला भयो । फलस्वरुप निरन्तर आन्दोलन गर्नेहरुले आफ्नो जित भएको महशुस मात्रै गरेनन्, नाराबाजी गरेर उत्सव नै मनाए ।

विकसित मूलुकमा आन्दोलन गर्ने निश्चित ठाउँ हुन्छन । आन्दोलनका लागि र सरकारका विषयमा चित्त नबुझेका विषयमा नाराबाजी गर्न पहिले नै ठाउँ बुकिङ गर्नुपर्ने व्यवस्था पनि विभिन्न देशमा छ । सरकारले पनि ती स्थानमा भएका आफू विरोधि गतिविधि कति ठिक र कति बेठिक भनेर अध्ययन गर्छ र आवश्कता अनुसार आफूलाई सच्याउछ । नेपालमा यी यस्ता अभ्यास छैनन् । सरकारमा हुनेले हेपेर र थिचेर आन्दोलन दबाउन खोज्ने र विरोधमा हुनेले पनि विरोधका लागि विरोध गर्ने प्रचलन छ ।

अहिले सरकार विभिन्न कानुन बनाउने तयारीमा छ । मिडिया काउन्सिल विधेयक, सार्वजनिक खरिद ऐन शंसोधन, चिकित्सा शिक्षा विधेयक, गुठी विधेयक लगायतका ऐन कानुनहरु तर्जुमा गरि पास गराउने कसरतमा रहेको सरकार विरुद्ध आन्दोलन भईरहेका छन् ।

आन्दोलनकारीमाथि पानीको फोहोरा

आन्दोलनकारीले निकै निउ खोज्ने गरेको भन्दै प्रहरीले पानीको फोहोरा हान्ने गर्छ । आन्दोलनकारीले सडक अवरुद्ध बनाएर चर्का नाराबाजी गरेपछि प्रहरीले पहिलो अस्त्रको रुपमा पानीको फोहोरालाई प्रयोग गर्ने गर्छ ।

आन्दोलनकारीले प्रहरीले आफूहरुलाई फोहोर पानी छ्याप्ने गरेको बताएपनि प्रहरीले भने सफा र खान योग्य पानी नै छ्याप्ने गरेको बताएको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार १० देखि १२ हजार लिटरको दमकल जस्तै देखिने वाटर क्यानन (धबतभच अबलयल) प्रहरीले धेरै आन्दोलन हुने स्थानमा स्ट्याण्ड बाइ राखेको हुन्छ । फोहोरा हान्दा हान्दै पानी सकिए पानी बोकेको ट्याङ्कर पनि साथमै राखेको हुन्छ ।

प्रहरीले बजारबाट किनेर नै पानी क्याननमा भर्ने र त्यही पानी आन्दोलनका समयमा आन्दोलनकारीले गलत काम गरे प्रयोग गरिने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् । कार्यपालिकामा

काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो। मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिब-करिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ। करिब

काठमाडौँ ।नयाँ संविधान २०७२ कार्यन्वयनमा आएपछि मुलुक संघीय संरचना अनुसार सञ्चालित छ । मुलुकमा संघीयताको स्थापनासँगै सिंहदरवारमा निहित अधिकार जनताको

काठमाडौँ ।राज्य संचालनका लागि नभई नहुने र चल्नै पर्ने तीन अंग यतिबेला लथालिङगको अवस्थामा छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका

आजको प्रमुख समाचार